माओवादीको आयोजक समिति बैठक बस्दै, एकता सहमति अनुमोदन एजेण्डा
काठमाडौँ । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ । दिउँसो १ बजे बैठक बस्न लागेको हो ।
‘९ दलबिच भएको एकता सहमति र सचिवालय बैठकले गरेका निर्णय अनुमोदन गर्न केन्द्रीय समिति बैठक बोलाइएको हो । नेताहरूलाई बोल्ने समय छुट्टाइएको छैन ।
यस्तै, पार्टी एकता घोषणा कात्तिक १९ गते दिउँसो १ बजे भृकुटीमण्डपमा गर्ने तयारी भएको एक नेताले जानकारी दिएका छन् ।
