ताराताल साना किसान कृषि सहकारीले किन्यो समर्थन मूल्यमा धान

 ताराताल साना किसान कृषि सहकारीले किन्यो समर्थन मूल्यमा धान

गुलरिया (बर्दिया), कार्तिक १७ —बर्दियाको ताराताल साना किसान कृषि सहकारी संस्थाले धानको समर्थन मूल्यमा किसानसँग धान खरिद गर्न सुरु गरेको छ। व्यापारीहरूले सरकारले तोकेको समर्थन मूल्यमा धान खरिद नगरेपछि सहकारीले अग्रसरता लिएको हो।

गत कार्तिक १ गतेदेखि धान खरिद सुरु गरेको सहकारीले हालसम्म किसानबाट तीन हजार दुई सय क्विन्टल धान खरिद गरिसकेको छ।

सहकारीले आफ्ना शेयर सदस्यसँगै उत्पादन गरेको धान खरिद गरिरहेको छ। सरकारले समर्थन मूल्य तोकेको धानको खरिद मूल्यमा स्थिरता ल्याएको हो। हाल ताराताल साना किसानहरू धान बोक्न र विक्री गर्न व्यस्त छन्। धानको तोकिएको मूल्य पाउँदा किसानहरू खुसी देखिएका छन्।

सरकारले प्रतिक्विन्टल धानको समर्थन मूल्य प्रतिक्विन्टल ३,२३५ रुपैयाँ तोकेको छ। सहकारीले सोही मूल्यमा किसानको धान खरिद गर्दै आएको छ।

तर व्यापारीहरूले तोकिएको मूल्यमा धान नकिने भएपछि किसानहरूलाई बिक्रीमा समस्या भएको थियो।

यस्तो अवस्थामा सहकारीले किसानहरूबाट समर्थन मूल्यमा धान खरिद गर्न थालेपछि किसानहरू राहत महसुस गरिरहेका छन्।

मुख्य प्रवन्धक डम्बर केसीले सहकारीले पाँच हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको जानकारी दिए। उनका अनुसार, “व्यापारीहरूले तोकेको मूल्यमा धान नखरिदेपछि किसान मारमा परेका थिए। त्यसैले सहकारीले किसानको धान खरिद गरेर राहत दिलाएको हो।”

बर्दिया नगरपालिकाले पनि सहकारीलाई आवश्यक सहयोग प्रदान गरेको बताइएको छ। ताराताल साना किसानका अध्यक्ष प्रेमप्रसाद लम्सालले किसानहरूलाई सहयोग हुने गरी धान खरिद भइरहेको जानकारी दिए।

उनका अनुसार, “किसानको हितका लागि सहकारीले धान खरिद कार्य अघि बढाएको हो। यसले बजारमा स्थिरता ल्याउने र किसानलाई उचित मूल्य प्राप्त गराउने लक्ष्य लिएको छ।”

ताराताल क्षेत्रमा यस वर्ष किसानहरूले धानको राम्रो उत्पादन गरेका छन्। सहकारीले किसानसँग प्रत्यक्ष सहकार्य गर्दै आगामी वर्षहरूमा अझ व्यापक रूपमा धान खरिद र बजार व्यवस्थापन गर्ने योजना बनाएको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *