कृषि विकास बैंकको १३ प्रतिशत लाभांश घोषणा

 कृषि विकास बैंकको १३ प्रतिशत लाभांश घोषणा

कृषि विकास बैंकको १३ प्रतिशत लाभांश घोषणा – 1

कृषि विकास बैंकले सेयर धनीका लागि १३ प्रतिशत लाभांश घोषणा गरेको छ।

बुधबार बसेको बैंकको सञ्चालक समिति बैठकले सेयरधनीलाई करसहित ९.७५ प्रतिशत नगद र ३.२५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो।

बैंकको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्ताहरूमा वितरण हुनेछ।

बैंकको लाभांश दर यसअघिको भन्दा बढेको हो। गत वर्ष बैंकले तीन प्रतिशत बोनस सहित कुल १०.५३ प्रतिशत लाभांश दिएको थियो।

अहिले बैंकको सेयर तीन सय १७ रूपैयाँमा कारोबार भइरहेको हो।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *