समृद्धि खुला महिला बास्केटबल सुरु, सिनियर र जुनियरमा ४ समुह सहभागि
काठमाडौं । नेपाल बास्केटबल संघसंगको सहकार्यमा एन्जल्स हार्ट नेसनल स्कुलको आयोजनामा समृद्धि खुला महिला बास्बकेटबल च्याम्पियनसिप २०२५ आयोजना भएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भएको च्याम्पियनसिपमा सिनियरतर्फ ४ र जुनियरतर्फ ४ टिमको सहभागिता रहेको नेपाल बास्केटवल संघका अध्यक्ष भिमसिंह गुरुङले जानकारी दिए ।

पहिलो पटक महिलाको सिनियर र जुनियरको टिमको प्रतियोगिता एकसाथ गराउन लागेको र यसबाट युवा खेलाडीहरुको लागि सिक्ने अवसर हुने नेबा अध्यक्ष गुरुङले जानकारी दिए ।
गुरुङले यस प्रतियोगिता सफल हुने र सकारात्मक नतिजा आउने आशा राखेका छन् ।
कात्तिक २४ गतेसम्म हुने च्याम्पियनसपिपमा सिनियरतर्फ डबल राउण्ड रोविनमा खेल हुनेछ र जुनियरको सिंगल राउण्ड रोविनको आधारमा प्रतिस्पर्धा हुनेछ ।
सिनियरतर्फ विजेताले नगद ४० हजार, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले २० र तेस्रो हुनेले १० हजार प्राप्त गर्नेछन् । जुनियरतर्फ भने पुरस्कार राशी राखिएको छैन । जुनियरले मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै यस पटक प्रतियोगिता खेल्नका लागि कुनै इन्ट्री फि पनि नराखिएको आयोजक एन्जल्स हार्ट नेसनल स्कुलका प्रिन्सिपल टक बहादुर थापाले जानकारी दिए ।
