साना किसान लघुवित्तको सिइयोमा १३ जनाको आवेदन, आवेदन दिने धेरै कृषि विकास बैँकका कर्मचारी

 साना किसान लघुवित्तको सिइयोमा १३ जनाको आवेदन, आवेदन दिने धेरै कृषि विकास बैँकका कर्मचारी

काठमाडौँ, २०८२ कार्तिक १९ — साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदका लागि १३ जनाको आवेदन परेको छ ।

संस्थाले कार्तिक १९ गते एक विज्ञप्ति जारी गर्दै आवेदनहरूको विवरण सार्वजनिक गरेको छ। संस्थाले २०८२ असोज ६ गते सूचना प्रकाशित गर्दै आवेदन माग गरेको थियो। सोही विज्ञापनअनुसार आवेदन बुझाउने अन्तिम म्याद २०८२ कार्तिक १९ गतेसम्म तोकिएको थियो।

संस्थाले जारी गरेको सूचनाअनुसार प्रमुख कार्यकारी अधिकृत पदका लागि १३ जना उम्मेदवारहरूले आवेदन दिएका छन्। आवेदन दिने वहुमत संख्या कृषि विकास बैँकका पूर्व र वर्तमान कर्मचारीको देखिएको छ ।

आवेदन दिने मध्ये २ जना अहिले यसै संस्थामा कार्यरत नायव प्रमुख कार्यकारी अधिकृत रहेका छन् भने ६ जना कृषि विकास बैँकका पूर्व र वर्तमान कर्मचारी रहेका छन् ।

यसै संस्थामा कार्यरत नायव प्रमुख कार्यकारी अधिकृत पृथ बहादुर थापा र डा. नवराज सिंम्खडाले आवेदन दिनुभएको छ ।

यसैगरी कृषि विकास बैँकमा समेत कार्य गरी यसै संस्थामा समेत कार्य गर्नुभएका कृषि प्रसाद लामिछाने सहित कृषि विकास बैँकबाट अवकासप्राप्त युवराज गुरागाई, प्रदिपराज जोशी, खेटराज दाहाल रहनुभएको छ ।

यसैगरी अहिलेपनि कृषि विकास बैँकमा कार्यरत वीना शर्मा र वासु अधिकारीले पनि दरखास्त दिनुभएको छ ।

लघुवित्तको प्रमुख कार्यकारी अधिकृतका लागि राजकुमार दाहाल, वासुदेव लामिछाने, राजुनाथ खनाल, ध्रब राज तिवारी र भेष राज खतिवडाले दरखास्त दिनुभएको छ ।

अब योग्य उम्मेदवारहरूबीच प्रतिस्पर्धात्मक छनोट प्रक्रिया सञ्चालन गरिनेछ। साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. नेपाल राष्ट्र बैंकद्वारा इजाजत प्राप्त घ वर्गको राष्ट्रिय स्तरको होलसेल लघुवित्त संस्था हो।

यस संस्थाले देशभरका साना किसान, विपन्न समुदाय र ग्रामीण क्षेत्रका सर्वसाधारणलाई वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *