मधेश प्रदेशमा नयाँ मुख्यमन्त्री र मन्त्रीहरूको शपथ

 मधेश प्रदेशमा नयाँ मुख्यमन्त्री र मन्त्रीहरूको शपथ

मधेश प्रदेशमा नयाँ सरकार गठनसँगै तीन जना मन्त्री नियुक्त भएका छन्। नेकपा (एमाले) बाट लखन दास, समाजवादी पार्टीबाट विमला अन्सारी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कञ्चन विच्छा मन्त्री बनेका हुन्। उनीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरिसकेका छन्।

यसअघि एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन्।

मुख्यमन्त्री नियुक्तिको प्रक्रिया बर्दिबास र सिन्धुलीको सिमाना नजिकैको एक होटलमा गोप्य तरिकाले सम्पन्न भएको जनाइएको छ। प्रदेश प्रमुख भण्डारी आफू अस्वस्थ रहेको बताउँदै काठमाडौँ जाँदै गरेको अवस्थामा त्यहीँ शपथ ग्रहण र नियुक्ति कार्य सम्पन्न गरेकी थिइन्।

पूर्वमुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार (सोनल) ले सामाजिक सञ्जालमार्फत यस घटनालाई मधेश प्रदेशको जनताप्रति धोका भएको बताएका छन्।

उनका अनुसार प्रदेशको नेतृत्व परिवर्तन खुला प्रक्रियामा नभई गोप्य शैलीमा गरिएको छ, जुन प्रदेशको स्वाभिमानविपरीत भएको टिप्पणी गरेका छन्।

मधेश प्रदेश सभामा एमाले सबैभन्दा ठूलो दलको रूपमा छ, जहाँ एमालेका २५ सिट छन्। प्रदेश सभामा रामचन्द्र मण्डल सभामुखमा रहेकाछन् भने धनुषाका दीपेन्द्र ठाकुर भने भ्रष्टाचार मुद्दा दायर भएपछि निलम्बित अवस्थामा छन्।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *