मधेस प्रदेश प्रमुख भण्डारी पदमुक्त, सुरेन्द्रलाल कर्णकाे नाम सिफारिस

 मधेस प्रदेश प्रमुख भण्डारी पदमुक्त, सुरेन्द्रलाल कर्णकाे नाम सिफारिस

काठमाडाैँ । मधेस प्रदेशकी प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई पदमुक्त गरिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई पदमुक्त गर्ने निर्णय गरेको सञ्चारमन्त्री जगदीश खरेलले बताए ।

उनका अनुसार सुरेन्द्रलाल कर्णलाई प्रदेश प्रमुखमा नियुक्तिका लागि  राष्ट्रपति रामचन्द्र पाैडेल समक्ष सिफारिस गरिएकाे छ ।

भण्डारी मधेस प्रदेशकाे मुख्यमन्त्रीमा सराेज यादवकाे नियुक्ति र शपथ विवादमा परेकी थिइन् ।

बिरामी भएँ भनेर जनकपुरबाट काठमाडौँ प्रस्थान गरेकी प्रदेश प्रमुख भण्डारीले सोमबार बिहान सिन्धुलीको एक होटलमा नेकपा एमालेका संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्रीको पदमा शपथ ग्रहण गराएकी हुन् ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *