राष्ट्रिय सभाको नयाँ सचिवमा तुलबहादुर कंडेल नियुक्त

 राष्ट्रिय सभाको नयाँ सचिवमा तुलबहादुर कंडेल नियुक्त

काठमाडौँ, — राष्ट्रिय सभाको सचिवमा तुलबहादुर कंडेल नियुक्त हुनुभएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालको सिफारिसमा कंडेललाई नियुक्ति गर्नुभएको हो।

काभ्रेपलाञ्चोकको चौंरीदेउराली गाउँपालिका–८ निवासी कंडेल लामो समयदेखि प्रशासनिक तथा संसद् सञ्चालनसम्बन्धी क्षेत्रमा सक्रिय रहँदै आएका अनुभवी व्यक्ति मानिन्छन्।

उहाँको नियुक्तिसँगै राष्ट्रिय सभाको प्रशासनिक नेतृत्वमा नयाँ ऊर्जा र कार्यक्षमता थपिने अपेक्षा गरिएको छ।

यसअघि रिक्त रहेको राष्ट्रिय सभाको सचिवको पद कंडेलले सम्हाल्नेछन्। नियुक्तिपछि उहाँले संसद् सञ्चालन, नियमावली कार्यान्वयन, प्रशासनिक समन्वय तथा विधेयक व्यवस्थापनका महत्वपूर्ण जिम्मेवारीहरू निर्वाह गर्नुहुनेछ

कंडेलको नियुक्तिलाई राजनीतिशास्त्र र सार्वजनिक प्रशासन क्षेत्रका विज्ञहरूले सकारात्मक रूपमा लिएका छन्।

नयाँ जिम्मेवारी सम्हाल्दै उहाँले संसद्को कार्यक्षमता, पारदर्शिता र समन्वयमा अझ सुधार ल्याउने विश्वास व्यक्त गरिएको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *