क्षतिग्रस्त ३ सरकारी कार्यालयलाई कृषि विकास बैंकको सहयोग

 क्षतिग्रस्त ३ सरकारी कार्यालयलाई कृषि विकास बैंकको सहयोग

पोखरा । कृषि विकास बैंकले आन्दोलनका क्रममा क्षतिग्रस्त बनेका पोखराका ३ वटा सरकारी कार्यालयलाई सेवा प्रवाहमा सहजता ल्याउन भौतिक सहयोग गरेको छ ।

गत २३ र २४ भदौमा देशव्यापी रुपमा भएको ‘जेन्जी’ प्रदर्शनका क्रममा पोखरामा रहेका सरकारी कार्यालयमा भौतिक क्षति पुगेपछि सेवा प्रवाह सहज बनाउने उद्देश्यले बैंकले सामग्री हस्तान्तरण गरेको हो ।

बैंकको गण्डकी प्रदेश कार्यालय पोखराका निर्देशक घनेन्द्र अधिकारीले कास्कीका ३ वटा कार्यालयलाई जिन्सी सामान हस्तान्तरण गरे ।

निर्देशक अधिकारीले जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख सुरजकुमार देवकोटा र कास्की जिल्ला अदालतका न्यायाधीशको रोहवरमा स्रेस्तेदार राजन खनाललाई सहयोगस्वरूप जिन्सी सामान प्रदान गरे ।

त्यस्तै कार्यालयको अनुरोध र उद्योग वाणिज्य संघको सहकार्यमा मालपोत कार्यालय कास्कीका प्रमुख कालीबहादुर भुजेललाई पनि सहयोग हस्तान्तरण गरियो ।

उक्त हस्तान्तरण कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, बैंकर्स एसोसिएसनका अध्यक्ष र उद्योग वाणिज्य संघका महासचिव शोभा गौतमको उपस्थिति थियो ।

बैंकले हरेक कार्यालयलाई १ लाख रुपैयाँ बराबरको जिन्सी सामग्री उपलब्ध गराएको हो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका निर्देशक अधिकारीले जलेर क्षति भएको कार्यालयबाट आमनागरिकको दैनिक सरोकार रहने सरकारी कार्यालयको सेवा प्रवाहमा सहजता प्रदान गर्न सहयोग गरिएको बताए ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *