आज देशभरको मौसम सफा रहने

 आज देशभरको मौसम सफा रहने

काठमाडौं । देशका केही भूभागमा आज आंशिक बदली रही बाँकी भूभागमा भने मौसम सफा रहनेछ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी र हिमाली भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

विभागले राति देशभर मौसम मुख्यतया सफा रहने बताएको छ । हाल कोसी, मधेस र वाग्मती प्रदेशमा दक्षिण–पश्चिम बंगालको खाडी र भारतको तमिलनाडु आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको विभागले जनाएको छ ।

 

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *