विद्यालय व्यवस्थापन समिति गठन नगरे अनुदान रोक्का गरिनेछः शिक्षा मन्त्री पुन

 विद्यालय व्यवस्थापन समिति गठन नगरे अनुदान रोक्का गरिनेछः शिक्षा मन्त्री पुन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले विद्यालय व्यवस्थापन समिति गठन नगरे अनुदान रोक्ने चेतावनी दिएका छन् । देशभरका पालिकाहरुलाई नियम अनुसार विद्यालय व्यवस्थापन समिति गठन गर्न सूचना जारी गरिएको मन्त्री पुनले बताएका हुन।

उनले भनेका छन्- ‘विद्यालय व्यवस्थापन समिति गठन नगरिकन मनोमानी ढंगले विद्यालय सञ्चालन गर्ने पालिकाहरु पनि रहेछन। त्यस्ता पालिकाहरुलाई नियमानुसार तुरुन्त विद्यालय व्यवस्थापन समिति गठन गर्न सूचना जारी गरिएको छ । अन्यथा त्यसता पालिकाहरुको विद्यालयलाई आउने संघीय अनुदान रोक्का गरिनेछ,’ उनले भने ।

विद्यालय व्यवस्थापन समिति गठन नगर्ने पालिकाहरूको नाम संकलन भइरहेको उनले बताएका छन ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *