चाँदीको भाउले नयाँ रेकर्ड बनाउँदा, सुन तोलामा ८ सयले बढ्यो
काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ५४ हजार १ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन २ लाख ५३ हजार ३ सय रुपैयाँ थियो । सुनको भाउ यसअघि असोज ३१ गते हालसम्मकै उच्च प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।
