चलचित्र परिवर्तनको क्यारेक्टर लुक्ससहित दोस्रो पोस्टर सार्वजनिक
काठमाडौं । नेपाली चलचित्र ‘परिवर्तन’को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । निर्माण टिमले बुधबार सार्वजनिक गरेको पोस्टरमा सात मुख्य कलाकार आफ्नै–आफ्नै क्यारेक्टर लुक्स मा प्रस्तुत गरिएको छ ।
पोस्टरमा अभिनेता सुशील श्रेष्ठलाई एक्सन अवतारमा देखाइएको छ । अञ्जना बराईली प्रहरी इन्स्पेक्टरका भूमिकामा देखिएकी छन् । सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी र सुवास मेचेलाई पनि क्यारेक्टर लुक्समै पोस्टरमा देख्न सकिन्छ ।
एक्सन–सस्पेन्स जनरामा निर्माण गरिएको चलचित्रलाई विजय केरुङले निर्देशन गरेका छन् । दीपक सिवाकोटीको कथा तथा निर्माणमा तयार भएको चलचित्रको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका छन् । चलचित्रलाई शिव ढकालले खिचेका छन् ।
