अमेरिकामा १० बालबालिकाको मृत्युमा कोभिड खोप जोडिएको एफडीएको दाबी
काठमाडौँ । अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) ले गरेको प्रारम्भिक समीक्षाले कोभिड–१९ खोपले कम्तीमा १० बालबालिकाको मृत्युमा योगदान गरेको हुनसक्ने देखाएको छ।
यो कुरा खाद्य तथा औषधि प्रशासनका प्रमुख चिकित्सक तथा वैज्ञानिक अधिकृत विनय प्रसादले लेखेका छन्।
प्रसादका अनुसार २०२१ देखि २०२४ सम्मका ९६ बालबालिकाको मृत्यु केस अध्ययन गर्दा १० वटा केसमा खोप नै कारण हुनसक्ने संकेत भेटिएको छ। उनले ७ देखि १६ वर्षका बालबालिकाको मृत्युमा हृदयसम्बन्धी समस्या देखिएको उल्लेख गरेका छन्। तर कुन कम्पनीको खोप थियो वा उनीहरूको स्वास्थ्य अवस्था कस्तो थियो भन्ने भने खुलाइएको छैन।
यसैबीच, अमेरिकी स्वास्थ्य सचिव रोबर्ट एफ। केनेडी जूनियरले अब कोभिड खोपलाई ६५ वर्षभन्दा माथि वा दीर्घरोग भएका व्यक्तिहरूमा मात्र दिने नीति लागू गरेका छन्।
कति विशेषज्ञहरूले खाद्य तथा औषधि प्रशासनको यो समीक्षा अप्रकाशित र अपूर्ण रहेको भन्दै आलोचना पनि गरेका छन्। अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रको खोप समिति अब यस विषयमा छलफल गर्न लागेको छ।
एबिसि न्युज
