अंशु गौतम हत्या प्रकरणः अनुसन्धानका लागी छिमेकी पक्राउ

 अंशु गौतम हत्या प्रकरणः अनुसन्धानका लागी छिमेकी पक्राउ

काठमाडौँ। मोरङको लेटाङ नगरपालिकाकी १३ वर्षीया अंशु गौतम हत्यामा संलग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लेटाङ नगरपालिकाका पदम अधिकारी रहेका छन । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उनी गौतमका छिमेकी हुन् ।

लेटाङ नगरपालिका–२ फडानीकी १३ वर्षीया अंशु गौतमको घटनालगत्तै अधिकारी भारतको आसामस्थित तीनसुकिया पुगेका थिए । अनुसन्धानका क्रममा हत्यामा उनकै संलग्नता देखिएको प्रहरीले बताएको छ ।

अधिकारीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । अधिकारीले आफूले बालिका गौतमलाई हँसियाले रेटेर र खुकुरी प्रहार गरी हत्या गरेको बताएका प्रहरीले जानकारी दिएको छ ।

शुक्रबार राति घर फर्केका उनलाई प्रहरीले राति पक्राउ गरेको हो । अंशुका बुबा नवीन गौतमले उनीविरुद्ध किटानी जाहेरी दर्ता गराएको बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन गरी घटनाको विस्तृत जानकारी सार्वजनिक गर्ने तयारी गरेको छ । असोज २१ गते हत्या भएकी अंशुको शव १८ दिनपछि चिसाङ खोलानजिकैको जंगलमा फेला परेको थियो ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *