समृद्धि स्कुलमा ३ दिने ‘समृद्धि आनन्दम योग शिविर’ सुरु

 समृद्धि स्कुलमा ३ दिने ‘समृद्धि आनन्दम योग शिविर’ सुरु

काठमाडौँ । काठमाडौँको वनस्थलीस्थित समृद्धि स्कुलमा अध्ययनरत विद्यार्थी बालबालिकाले अभिभावकहरूका लागि आयोजना गरेको ३ दिने समृद्धि आनन्दम योग शिविर–२०८२ सुरु भएको छ।

स्कुलको आफ्नै प्राङ्गणमा सुरु भएको छ।

शिविरको पहिलो दिन नै उत्साहजनक सहभागिता रह्यो। पहिलो दिन ६० भन्दा बढी अभिभावक उपस्थित भएको स्कुलले जनाएको छ।

स्कुलमा हाल १६ जना अन्तर्राष्ट्रिय योग प्रशिक्षकको योग्यता हासिल गरेका विद्यार्थी छन्।

तीमध्ये ६ जना विद्यार्थी—मायारा थापा, आर्याही श्रेष्ठ, सफल न्यौपाने, प्रीषा स्थापित, निरुपा घिमिरे र प्रसिद्धि धरेलले यस शिविरको नेतृत्व गर्दै प्रशिक्षकको रूपमा योगदान गरिरहेका छन्।

विद्यार्थीहरू हाल अनलाइन माध्यम, विशेषतः जुम प्लेटफर्ममार्फत, नियमित योग कक्षा सञ्चालन गर्दै आएको स्कुलले जनाएको छ।

शिविरको पहिलो दिन GSPSS Exam Board Member तथा संस्कृत प्रशिक्षक केदार दाहाल विशेष अतिथिका रूपमा रहनुभएको थियो ।

त्यस्तै, कार्यक्रमको अनुगमन तथा मार्गदर्शनका लागि रामकुमार बिडारीले अनुगमनकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो ।

तीन दिनसम्म सञ्चालन हुने यस शिविरमा अभिभावकहरूको सक्रिय उपस्थितिका लागि स्कुलले आह्वान गरेको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *