आम प्रशिक्षण सल्यानमा सम्पन्न संस्थागत सुशासन प्राथमिकतामा हुनपर्छ : पाठक

 आम प्रशिक्षण सल्यानमा सम्पन्न संस्थागत सुशासन प्राथमिकतामा हुनपर्छ : पाठक

सल्यान । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आयोजनामा सल्यान जिल्लाका २० वटा साझेदार साना किसान कृषि सहकारी संस्था लिमिटेडका २ सय ४० जना भन्दा बढिको सहभागितामा आम प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

कर्णाली प्रदेश कृषि संघका संयोजक शेरबहादुर परियारको अध्यक्षतामा भएको कार्यक्रममा साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. तथा नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. का अध्यक्ष एवम् राष्ट्रिीय सहकारी महासंघका उपाध्यक्ष खेम बहादुर पाठकले सहकारीमा सुशासन आजको अपरिहार्य आवश्यकता रहेको बताउनुभ भएको छ ।

उहाँले सहकारी नेतृत्व सहि ढंगबाट अगाडि बढ्न सके धेरै कुरा सहि हुने विश्वास व्यक्त गर्नुभयो । सहकारीमा सञ्चालक, कर्मचारी, सदस्य सबै उत्तिकै सजग र सचेत हुनुपर्ने उहाँको धारणा थियो ।

सहकारीमा सञ्चालक, कर्मचारी र सदस्यहरुले आ आफ्नो जिम्मेवारी दायीत्व सहि ढंगबाट निर्वाह गर्ने हो भने कुनै समस्या नआउने धारणा राख्नुभयो ।

यसैगरी कार्यक्रममा साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. का सञ्चालक सुखदेव न्यौपानेले सहकारी संस्थाका प्रत्येक सदस्यहरुको जिम्मेवारी दायित्व र महत्वका बारेमा बताउनुभएको थियो ।

कार्यक्रममा साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. का कार्यवाहक प्रमुख कार्यकारी अधिकृत पृथ बहादुर थापाले सदस्यहरुको व्यवसायीकता विकासका लागि साना किसान लघुवित्तले पूँजीको अभाव हुन नदिने भन्दै प्राप्त पूँजीलाई सहि ढंगबाट परिचालन गर्नुपर्ने धारणा राख्नुभयो ।

२४२ जनाको सहभागितामा भएको कार्यक्रममा संस्थाका संचालक समितिका पदाधिकारीहरु, लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरु तथा कर्मचारीहरू सहित सहकारीका सदस्यहरुको पनि सहभागिता रहेको थियो ।

देशव्यापी रुपमा सञ्चालन गरिएको आम प्रशिक्षण कार्यक्रमले सहकारीहरूको संस्थागत क्षमता अभिवृद्धि, वित्तीय अनुशासन, सुशासन, अभिलेखीकरण, कार्यक्रम व्यवस्थापन तथा दिगोपनामा सहयोग पुग्ने बताइएको छ । यसरी केन्द्रीय नेतृत्व आफ्नै गाउँ ठाउँमा आएर सहकारीका वहुआयमीक विषयमा जानकारी गराएकोमा सहभागीहरूले खुसी व्यक्त गरेका छन् ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *