यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

 यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४४ रुपैयाँ २५ पैसा कायम भएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९५ रुपैयाँ ४६ पैसा र बिक्रीदर ९५ रुपैयाँ ८५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ७१ पैसा र बिक्रीदर १०४ रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ १४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ८४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९१ रुपैयाँ २० पैसा र बिक्रीदर १९२ रुपैयाँ कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।

 

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *