काँग्रेस धनुषा १ ले सर्वसम्मत सिफारिस गर्यो उम्मेदवार: ढुङ्गाना पहिलो नम्बरमा

 काँग्रेस धनुषा १ ले सर्वसम्मत सिफारिस गर्यो उम्मेदवार: ढुङ्गाना पहिलो नम्बरमा

धनुषा। नेपाली कांग्रेस धनुषा क्षेत्र नम्बर १ ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारहरूको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको छ।

बैठकमार्फत प्रत्यक्षतर्फ क्षेत्र नं–१ को १ नम्बरमा दिलिप कुमार ढुंगानालाई सिफारिस गरिएको छ भने समानुपातिकतर्फ १ नम्बरमा मनहरी श्रेष्ठको नाम सिफारिस गरिएको छ।

उम्मेदवार सिफारिस सूचीमा प्रत्यक्ष तर्फबाट दिलिप कुमार ढुंगाना, भोला पजियार र मेघनाथ यादव रहेका छन्। त्यस्तै समानुपातिक सूचीमा मनहरी श्रेष्ठ, राज किशोर सिंह, निलम साह र पुष्पलता लामा सिफारिस भएका छन्।

सिफारिस पछि सिफारिस भएका उम्मेद्धवार हरुले सम्पूर्ण कार्यसमितिलाई धन्यवाद व्यक्त गर्दै सर्वसम्मत समर्थनप्रति आभार प्रकट गरेका छन्।

बैठकले कांग्रेस संगठनलाई थप सबल र प्रभावकारी बनाउँदै आगामी निर्वाचनमा विजयी नतिजा ल्याउन सबै कार्यकर्ता एकजुट भएर अघि बढ्नुपर्ने निष्कर्षसमेत निकालेको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *