रुकुम पश्चिममा सहकारी आम प्रशिक्षण कार्यक्रम सम्पन्न

 रुकुम पश्चिममा सहकारी आम प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाण्डौ । साना किसान लघुवित्त वित्तीय संस्था लि. को आयोजनामा रुकुम पश्चिमका साझेदार संस्थाका ४ सय ९२ जनाको सहभागितामा सहकारीका विषयमा आम प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा संस्थाका सञ्चालक, लेखा समिति सदस्य, कर्मचारी तथा अन्तरसमूहका अध्यक्ष, उपाध्यक्ष, सचिव र सदस्यहरूको उपस्थिति रहेको थियो ।

कर्णाली प्रदेश कृषि संघका संयोजक शेर बहादुर परियारको अध्यक्षतामा भएको कार्यक्रममा साना किसान विकास लघुवित्त वित्तीय संस्था लि., नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. का अध्यक्ष, राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष खेम बहादुर पाठकले सहकारी क्षेत्रको सुधारका लागि सदस्य केन्द्रीत काम गर्नुपर्नेमा जोड दिनु भयो ।

उहाँले सहकारी क्षेत्रको सुशासनका लागि सञ्चालक, कर्मचारी र सदस्य सबै सगज, सचेत र सहकारीका मूल्य मान्यता अनुरुप कार्य गर्न तत्पर हुनुपर्ने बताउनुभयो ।

यसैगरी कार्यक्रमा साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. का सञ्चालक सुखदेव न्यौपानेले सहकारीमा नविन अभ्यास गरेको साना किसानलाई अझै बलियो बनाउनु पर्नेमा जोड दिनुभयो ।

यसैगरी कार्यक्रममा साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. का कार्यवाहक प्रमुख कार्यकारी अधिकृत पृथ बहादुर थापाले आर्थिक उपार्जन र जीवनस्तर सुधारका लागि व्यवसाय आवश्यक रहेको बताउनुभयो ।

उहाँले सहकारी मार्फत हुने लगानीका लागि कर्जाको कुनै समस्या नहुने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *