विराटनगरलाई पराजित गर्दै लुम्बिनी लायन्स फाइनलमा

 विराटनगरलाई पराजित गर्दै लुम्बिनी लायन्स फाइनलमा

काठमाडौं । विराटनगरलाई ४० रनले पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा पुगेको छ। बिहीबार त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय मैदान कीर्तिपुरमा क्वालिफायर २ मा विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै लुम्बिनी बिजयी भएको हो।

टस जितेपछि ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ३४ रनमात्र बनाउन सकेको थियो। तिलकराज भण्डारीले ३ विकेट लिएपछि जबाफमा आएको विराटनगर १७.५ ओभरमा ९४ रनमै अलआउट भयो। विराटनगर लगातार दोस्रो खेलमा १ सय रन मुनि अलआउट भएको हो।

ब्याटिङले भरिपूर्ण विराटनगरले ६ रन बनाउँदा नै महत्त्वपूर्ण ३ विकेट गुमाएको थियो। ट्रम्पलमनले लगातार बलमा मार्टिन गप्टिललाई २ र लोकेश बमलाई शून्यमा आउट गरेका थिए। अर्को ओभरमा शेरले फाफ डु प्लेसिसलाई ३ रनमा बोल्ड गरे।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *