सिटिजन लाइफकाे २० प्रतिशत नगद लाभांश घोषणा, ‘डिभिडेन्ट’ बाँड्ने इन्स्याेरेन्स क्षेत्रकै पहिलाे कम्पनी

 सिटिजन लाइफकाे २० प्रतिशत नगद लाभांश घोषणा, ‘डिभिडेन्ट’ बाँड्ने इन्स्याेरेन्स क्षेत्रकै पहिलाे कम्पनी

काठमाडौँ। सिटिजन लाइफ इन्स्योरेन्सले आफ्नो शेयरधनीहरूलाई २० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

कम्पनीले गत आर्थिक वर्षमा हासिल गरेको नाफाका आधारमा सो लाभांश वितरण गर्ने घोषणा गरेको हो। मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले प्रस्तुत नगद लाभांश प्रस्तावलाई अनुमोदन गरेको कम्पनीले जनाएको छ।

यसअघि सिटिजन लाइफले गत आवमा २६.९८ प्रतिशत बोनस सेयर तथा १.४२ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल २८.४ प्रतिशत लाभांश वितरण गरेको थियो।

नेपालको बीमा क्षेत्रमा तीव्र गतिमा विस्तार हुँदै आएको सिटिजन लाइफ इन्स्योरेन्सलाई वित्तीय रुपमा स्थिर र दिगो वृद्धि रणनीति भएको बीमा कम्पनीका रूपमा हेरिएको छ।
कम्पनीको निरन्तर प्रगतिले शेयरधनीहरूका लागि समेत आशावादी वातावरण सिर्जना गरेको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *