मौसम पूर्वानुमान: आज देशभरको मौसम सफा रहने
काठमाडौँ । देशभर आज मौसम सफा रहेको छ। हाल कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।
आज राति देशभर आंशिक बदली रहने महाशाखाले जनाएको छ । आइतबार भने कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।
