समृद्धि स्कुलमा ३ दिने ‘समृद्धि आनन्दम योग शिविर सम्पन्न

 समृद्धि स्कुलमा ३ दिने ‘समृद्धि आनन्दम योग शिविर सम्पन्न

काठमाडौँ । काठमाडौँको वनस्थलीस्थित समृद्धि स्कुलमा अध्ययनरत विद्यार्थी बालबालिकाले अभिभावकहरूका लागि आयोजना गरेको ३ दिने समृद्धि आनन्दम योग शिविर–२०८२ सम्पन्न भएको छ।

स्कुलको आफ्नै प्राङ्गणमा आनन्दम योग शिविरमा ३ दिनमा २ सय भन्दा बढि अभिभावक सहभागी भएको स्कुलले जनाएको छ ।

विद्यार्थीहरुले अन्तराष्ट्रिय प्रशिक्षणको योग्यता हासिल गरेसंगै आफ्नै अभिभावकलाई सहभागि बनाएर ३ दिनको शिविर सञ्चालन गरिएको थियो ।

पढाईसंगसंगै विभिन्न अतिरिक्त क्रियाकलापमा सहभागि बनाउँदै विद्यार्थीहरुलाई जीवन उपयोगी शिक्षा प्रदान गरिरहेको समृद्धि स्कुलमा अहिले १६ जना विद्यार्थीहरु अन्तराष्ट्रिय योग प्रशिक्षकको प्रमाणपत्र लिन सफल भएका छन् ।

१६ जना मध्ये ६ जना विद्यार्थी—मायारा थापा, आर्याही श्रेष्ठ, सफल न्यौपाने, प्रीषा स्थापित, निरुपा घिमिरे र प्रसिद्धि धरेलले यस शिविरको नेतृत्व गर्दै प्रशिक्षण सञ्चालन गरेका थिए ।

विद्यार्थीहरू हाल अनलाइन माध्यम, विशेषतः जुम प्लेटफर्ममार्फत, नियमित योग कक्षा सञ्चालन गर्दै आएको स्कुलले जनाएको छ।

विभिन्न दिनमा विभिन्न व्यक्तित्वहरुको समेत शिविरमा सहभागिता रहेको थियो । स्कुलका सञ्चालक, प्रिन्सीपल, शिक्षक, कर्मचारी लगायतको पनि शिविरमा सहभागिता रहेको थियो ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *