एमाले ११औँ महाधिवेशन: आज उमेदवारी दर्ता हुँदै

 एमाले ११औँ महाधिवेशन: आज उमेदवारी दर्ता हुँदै

काठमाडौं । नेकपा (एमाले) को जारी ११औँ महाधिवेशनका लागि आज उमेदवारी दर्ता हुने भएको छ ।

एमालेको नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका प्रकाशन भइसकेको छ । आइतबार साँझ जारी कार्यतालिकाअनुसार सोमबार (आज) बिहान ८ बजेदेखि ९ बजेसम्म मतदाता नामावलीउपर दाबी विरोध र सुधारको सूचना प्रकाशन गरिनेछ ।

१० बजे दाबी विरोधउपचार छानबिन र निर्णय गर्ने कार्यतालिका छ । १०ः१५ बजे अन्तिम नामावली प्रकाशन गर्ने, ९ बजेदेखि १२ बजेसम्म उमेदवारको दर्खास्त फाराम वितरण गर्ने कार्यतालिका रहेको छ ।

 

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *