हामीले तत्कालीन परिस्थितिलाई बिग्रन नदिन आवश्यक शान्ति सुरक्षाका लागि भूमिका मात्र खेलेका हौँ : सेना

 हामीले तत्कालीन परिस्थितिलाई बिग्रन नदिन आवश्यक शान्ति सुरक्षाका लागि भूमिका मात्र खेलेका हौँ : सेना

काठमाडौँ –जेनजी आन्दोलनलाई लिएर नेपाली सेनाले उक्त घटनाको छानबिन गर्न बनेको उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगमा बयान दिएको छ।

सोमबार आयोगसमक्ष प्रधानसेनापति अशोकराज सिग्देलले बयान दिएका हुन्। उनले आयोगसमक्ष भदौ २३ र २४ गतेको जेनजी विद्रोहको घटनाबारे जानकारी गराएका थिए।

सेनाको स्रोतका अनुसार आयोगले लिएको बयानमा सिग्देलले आफूहरूले सुरक्षाको भूमिका मात्र खेलेको जानकारी गराएका थिए।

‘नेपाल आर्मीले तत्कालीन परिस्थितिलाई थप बिग्रन नदिन आवश्यक सहजीकरण र सामान्यकरणका लागि भूमिका मात्र खेलको हो’, सिग्देलको भनाइ थियो।

यद्यपि यसअघि सेनाले आयोगलाई बयान नदिने अडान लिएको थियो। तर, सेनाले नै बयान नदिँदा केही व्यक्ति र नेताहरूसमेतले आयोगलाई बयान दिन नसक्ने कुरालाई ध्यानमा राखेर सेना आयोगमा बयान दिन तयार भएको बुझिएको छ।

 

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *