आजको मौसम: हिमाली भूभागमा आंशिक बदली रहने

 आजको मौसम: हिमाली भूभागमा आंशिक बदली रहने

काठमाडौं । केही भूभागमा आंशिक बदलीबाहेक देशभरको मौसम आज सफा रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर मौसम मुख्यतया सफा रहनेछ ।

विभागले राति कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने बताएको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको विभागले जनाएको छ ।

 

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *