आज देशभरको मौसम मुख्यतया सफा रहने

 आज देशभरको मौसम मुख्यतया सफा रहने

काठमाडौं– हाल देशभरको मौसम मुख्यतया सफा रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली भूभागमा आंशिक बदली रहने जनाएको छ । अन्यत्र मौसम मुख्यतया सफा रहनेछ ।

आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

आज सूर्योदय बिहान ६ बजेर ४८ मिनेट र सूर्यास्त साँझ ५ बजेर १२ मिनेटमा हुनेछ ।

 

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *