सुदूरपश्चिममा भुवा पर्व सुरू, आज प्रदेशभर सार्वजनिक बिदा

 सुदूरपश्चिममा भुवा पर्व सुरू, आज प्रदेशभर सार्वजनिक बिदा

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको विभिन्न जिल्लामा भुवा पर्व सुरू भएको छ । भुवा पर्वको अवसरमा आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

सुदूरपश्चिम प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार आज प्रदेशका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा दिने घोषणा गरिएको हो ।

विशेष गरी, बाजुरा, बझाङ र अछाममा विशेष महत्वका साथ मनाइने यो पर्व द्वापरयुगसँग जोडिएको छ । धार्मिक विश्वासअनुसार पाण्डव र कौरवबीचको धर्मयुद्धमा पाण्डवहरूले प्राप्त गरेको विजयको खुसियालीमा यो पर्व मनाउने गरिन्छ । यस पर्वमा प्रदर्शन गरिने भुवा नाचलाई वीरताको प्रतीकका रूपमा लिइने स्थानियले बताएका छन ।

स्थानियका अनुसार पछिल्लो समय पहाडी जिल्लाबाट तराईतिर बसाइँसराइ गर्ने क्रम बढेसँगै यो पर्वको रौनक कैलाली र कञ्चनपुरमा पनि निकै बढेको छ । धनगढी, महेन्द्रनगरलगायत सहरी क्षेत्रमा पहाडी जिल्लाको मौलिकता झल्किने गरी भुवा नाच र देउडा खेलको विशेष आयोजना गरिँदै आएको छ ।

प्रदेश सरकारले स्थानीय कला, संस्कृति र परम्पराको जगेर्ना गर्ने उद्देश्यले विगतका वर्षदेखि नै यस पर्वमा बिदा दिँदै आएको छ ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *