समृद्धि कलेजको ओरिएन्टेसन कार्यक्रम २०२५ लाकुरीभञ्ज्याङ पदयात्रासहित सम्पन्न

 समृद्धि कलेजको ओरिएन्टेसन कार्यक्रम २०२५ लाकुरीभञ्ज्याङ पदयात्रासहित सम्पन्न

काठमाडौँ । समृद्धि कलेजले सन् २०२५ का नवप्रवेशी विद्यार्थीहरूका लागि आयोजना गरेको ओरिएन्टेसन कार्यक्रम लाकुरीभञ्ज्याङ पदयात्रासहित सम्पन्न गरेको छ।

विद्यार्थीहरूबीच आपसी परिचय, सामाजिक घुलमिल र टोली भावना विकास गर्ने उद्देश्यले उक्त पदयात्रा आयोजना गरिएको हो।

कक्षाकोठाभन्दा बाहिरको सिकाइलाई प्रवर्द्धन गर्दै विद्यार्थीहरूको मानसिक ताजगी, शारीरिक स्वास्थ्य र सामाजिक सम्बन्ध सुदृढ बनाउने लक्ष्यसहित पदयात्रा आयोजना गरिएको हो।

समृद्धि कलेजले शैक्षिक उत्कृष्टतासँगै समग्र व्यक्तित्व विकासलाई प्राथमिकता दिँदै यस्ता सह–शैक्षिक गतिविधिहरूलाई निरन्तरता दिँदै आएको जनाएको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *