शिक्षालय कलेजमा नवप्रवेशी विद्यार्थीहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

 शिक्षालय कलेजमा नवप्रवेशी विद्यार्थीहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

काठमाडौँ । शिक्षालय कलेजले बी.एस्सी. कम्प्युटर साइन्स एण्ड इन्फर्मेसन टेक्नोलोजी तथा बीबीए कार्यक्रम अन्तर्गत २०८२ ब्याचका नवप्रवेशी विद्यार्थीहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।

भक्तपुरको लोकन्थलीस्थित निर्मल ब्याङ्क्वेटमा भएको कार्यक्रम समृद्धि समूहका अध्यक्ष मनोहर कुमार भट्टराईको अध्यक्षतामा सम्पन्न भएको हो ।

सुदूरपश्चिम विश्वविद्यालयका प्रा. डा. सुवर्ण शाक्य कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा कोड अभातार टेक प्रा.लि.का रमेश्वर कुमार, फ्युज मेसिन्सका डाटा इन्जिनियर सुशन कट्टेल, भि–चित्राका डिजिटल मिडिया तथा कन्टेन्ट प्रमुख रसान डंगोल, स्किल ल्याबकी अफिसर सानु माया भोलनलगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।

शिक्षालय कलेजका प्रबन्ध निर्देशक सन्दीप श्रेष्ठले स्वागत मन्तव्य राख्दै शिक्षालयको शैक्षिक दृष्टिकोण, गुणस्तरीय शिक्षा तथा विद्यार्थी केन्द्रित शिक्षण प्रणालीबारे जानकारी गराउनुभएको थियो ।

उहाँले एक पटकको सिकाईले जीवन पर्यन्त व्यवहारमा परिवर्तन गर्ने भन्दै शिक्षालय यही कुरालाई मुख्य केन्द्रमा राखेर आफ्ना काम र कार्यक्रमलाई अगाडि बढाउन तत्लिन रहेको बताउनुभयो ।

विशेष अतिथि रमेश्वर कुमारले “सूचना प्रविधि क्षेत्रको भविष्य, उदाउँदा प्रवृत्ति, आवश्यक सीप र करियर अवसर” विषयमा सम्बोधन गर्नुभयो ।

सुशन कट्टेलले प्रविधि क्षेत्रमा आफ्नो अनुभव प्रस्तुत गर्नुभएको थियो ।
त्यसैगरी, रसान डंगोलले कर्पोरेट सफलताका लागि आवश्यक सीप विकासबारे विचार व्यक्त गर्नुभयो।

प्रमुख अतिथि प्रा.डा. सुवर्ण शाक्यले विद्यार्थीहरूलाई अनुशासन, सीप र निरन्तर अभ्यासमार्फत अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बन्न सक्ने शैक्षिक सफलता हासिल गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा मनोहर कुमार भट्टराईले शिक्षालय कलेजले सिकाइमा आधारित शिक्षाका लागि विभिन्न व्यवसायीक घरानासंग सहकार्य गर्दै व्यावहारिक शिक्षामा जोड दिएको बताउनुभयो।

कार्यक्रममा सबैलाई धन्यवाद दिँदै आशुतोष रिमालले सिकाईलाई दैनिक जीवन र व्यवहारगत रुपमा अबलम्बन गर्न सक्नेगरी प्रदान गर्दै आएको बताउनुभयो ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *