राष्ट्रपति, प्रधानमन्त्री र तीन शीर्ष नेताबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र तीन दलका शीर्ष नेताबीच पहिलो पटक भेटवार्ता भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच पहिलो पटक प्रत्यक्ष वार्ता भएको हो ।
देशमा राजनीतिक संकट गहिरिँदै गएका बेला राष्ट्रपति पौडेलको पहलमा तीन दलका शीर्ष नेता र प्रधानमन्त्रीबीच पहिलो पटक प्रत्यक्ष संवाद भएको हो ।
