आज डिसेम्बर २५: प्रेम, शान्ति र मुक्तिको सन्देश बाँड्दै ‘क्रिसमस डे’ मनाइँदै

 आज डिसेम्बर २५: प्रेम, शान्ति र मुक्तिको सन्देश बाँड्दै ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं । विश्वभरका इसाई धर्मावलम्बीहरूको महान् पर्व ‘क्रिसमस डे’ ९येशु ख्रीष्टको जन्मदिन० आज नेपाललगायत विश्वभर उल्लासपूर्वक मनाइँदैछ । खासगरी डिसेम्बर २५ को दिनलाई इसाई समुदायले प्रेम, शान्ति र मुक्तिको उत्सवका रूपमा ग्रहण गर्ने गर्दछन् ।

आजभन्दा दुई हजार २५ वर्षअघि इजरायलको वेथलेहेममा कुमारी मरियमको कोखबाट येशु ख्रीष्टको जन्म भएको धार्मिक विश्वास रही आएको छ । नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजका अनुसार, पवित्र आत्माबाट जन्मिएका येशुले मानव समुदायलाई तीन मुख्य उपहार—मुक्ति, प्रेम र शान्ति प्रदान गर्नुभएको विश्वासमा यो पर्व मनाउने गरिन्छ ।

“मानिसलाई निस्वार्थ प्रेम गर्न सिकाएकाले प्रेम दिवस, अशान्त विश्वमा शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र पापबाट मुक्ति दिन आएकाले मुक्ति दिवसका रूपमा हामीले आजको दिनलाई त्रिवेणी संयोगका रूपमा मनाउने गरेका छौँ,” अध्यक्ष गहतराजले भने ।

क्रिसमसको अवसरमा काठमाडौंका प्रमुख पर्यटकीय गन्तव्यहरू ठमेल, बौद्ध, दरबारमार्ग तथा पोखरा र चितवनको सौराहामा विशेष चहलपहल बढेको छ । मुख्य सहरका होटल, रेस्टुरेन्ट र सपिङ मलहरू रङ्गीचङ्गी बत्ती र आकर्षक ‘क्रिसमस ट्रि’ ले सिँगारिएका छन् ।

नेपालमा वि।सं। २०६३ को राजनीतिक परिवर्तनपछि यो पर्वलाई महासङ्घले राष्ट्रिय महोत्सवका रूपमा मनाउन थालेको हो । महासङ्घ मूल समारोह समितिले आज दिउँसो ‘क्रिसमस महोत्सव–२०८२’ को आयोजना गरेको छ, जहाँ सरकारका प्रतिनिधि, सरोकारवाला निकाय र मानव अधिकारवादीहरूको विशेष उपस्थिति रहने जनाइएको छ ।

सरकारले यस पर्वका अवसरमा वि।सं। २०७८ सालदेखि पुनः सबैका लागि सार्वजनिक बिदा दिन थालेको छ । यसअघि वि।सं। २०६३ देखि २०७४ सम्म सार्वजनिक बिदा दिइएकोमा, बीचका तीन वर्ष ९२०७५–२०७७० भने इसाई धर्मावलम्बीलाई मात्र बिदा दिने व्यवस्था गरिएको थियो ।

महासङ्घको दाबीअनुसार हाल नेपालमा करिब ३० लाख इसाई धर्मावलम्बी छन् भने देशभर १३ हजारभन्दा बढी चर्च सञ्चालनमा रहेका छन् ।

 

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *