रवि लामिछाने र बालेन शाहबीच सहमति
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच सहमति भएको छ।
केही दिनदेखि निरन्तर रूपमा पटक–पटक भएको वार्ता र छलफलपछि अन्ततः आज सहमति भएको जानकारी रवि लामिछानेले आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेका हुन्।
उनले सहमति पत्रमा हस्ताक्षर गर्दै गरेको तस्बिरसमेत सार्वजनिक गरेका छन्। यद्यपि, सहमति के–के विषयमा भएको हो भन्नेबारेमा हालसम्म दुवै पक्षले औपचारिक रूपमा कुनै विवरण सार्वजनिक गरेका छैनन्।
सहमतिको विषयवस्तु गोप्य राखिएको हुँदा यसले राजनीतिक तथा स्थानीय तहमा विभिन्न अड्कल र चासो सृजना गरेको छ।
