सुनको मूल्यमा फेरी कीर्तिमान, कतिमा हुंदैछ कारोवार ?

 सुनको मूल्यमा फेरी कीर्तिमान, कतिमा हुंदैछ कारोवार ?

काठमाडौं । आइतबार (आज) सुनको मूल्यले अर्को नया ‘रेकर्ड’ बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १३ सय रुपैयाँ बढेर हालसम्मकै महँगो बनेको छ ।

यस दिन तोलाको दुई लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार ९पुस ११० पनि कीर्तिमान कायम भएको थियो । सो दिन तोलामै १८ सय रुपैयाँ बढेर दुई लाख ६९ हजार ३०० रुपैयाँ कायम भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य तोलाको चार हजार ८३५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । शुक्रबार भने चार हजार ५६५ रुपैयाँमा कारोबार भएको थियो ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *