वाल्डो क्यासिनोका अध्यक्ष पक्राउ

 वाल्डो क्यासिनोका अध्यक्ष पक्राउ

काठमाडौं । ठमेलस्थित वाल्डो क्यासिनोका अध्यक्ष पक्राउ परेका छन् । वाल्डो क्यासिनोका सञ्चालक नागरिक च्यान मिन चिङ्ग शुक्रबार पक्राउ परेका हुन ।

उनलाई क्यासिनोमा ठगी धन्दा चलाएको आरोपमा जिल्ला प्रहरीले प्रकाउ गरी अनुसन्धान गरिरहेको बताएको छ । क्यासिनोमा खेलाडीहरूले आँखामा लेन्स र म्याग्नेट ताससहित खेलाइएको थियो । भारतबाट पेशेवर खेलाडी ल्याएर उक्त इभेन्ट आयोजना गरिएको थियो ।

वाल्डो क्यासिनोमा डिसेम्बर ११ देखि १४ सम्म उक्त इभेन्ट आयोजना गरिएको थियो । उक्त दिनको इभेन्ट महाकाया ग्रुपले आयोजना गरेको थियो ।

महाकाया ग्रुपले भारतबाट आएका क्यासिनो खेलाडीलाई काठमाडौंका विभिन्न होटलमा राखिएको थियो । खेलाडीलाई हवाई टिकट फ्रि उपलब्ध गराएर ल्याइएको थियो ।

यसअघि प्रहरीले क्यासिनोबाट ६ जनालाई पक्राउ गरिसकेको छ ।

 

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *