जाँचबुझ आयोगद्वारा देउवा र प्रचण्डलाई पत्र
काठमाडौं । भदौ २३ र २४ गते भएको घटनाको जाँचबुझ आयोगले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रश्नपत्र पठाएको छ। आयोगले उनीहरूलाई दुवैजनालाई २३ र २४ को घटनासँग सम्बन्धित लिखित प्रश्न पठाएको आयोग पठाएको हो ।
न्यायाधिश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानमा बोलाउँदै पत्र लेख्ने तयारी गरिरहेको छ । शुक्रवार साँझसम्म ओलीलाई बयानमा उपस्थित हुन पत्राचार गरिने आयोगका एक पदाधिकारीले बताए ।
आयोगले केही दिनअघि मात्रै तत्कालीन गृहमन्त्री रमेश लेखकको बयान लिएको थियो। त्यसअघि आइजिपी दानबहादुर कार्की, पूर्वआइजिपी चन्द्रकुबेर खापुङ, पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख हुतराज थापा, सशस्त्र प्रहरी बलका आइजिपी राजु अर्याल लगायतको पनि बयान लिएको छ।
