नेकपाका संयोजक प्रचण्ड आज साँझ नयाँ दिल्ली जाँदै

 नेकपाका संयोजक प्रचण्ड आज साँझ नयाँ दिल्ली जाँदै

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारतको राजधानी नयाँ दिल्ली जाने भएका छन्।

विभिन्न कम्युनिस्ट घटक मिलेर बनेको नेकपाको प्रवासी संगठनहरूको एकता सन्देश सभालाई सम्बोधन गर्न ‘प्रचण्ड’ साँझ दिल्ली जान लागेको हो ।

सन्देश सभालाई सम्बोधन गरेर ‘प्रचण्ड’ भोलि (सोमबार) साँझ नै स्वदेश फर्किने कार्यक्रम उनको सचिवालयले जनाएको छ । एकता सन्देश सभा भने भोलि राखिएको छ ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *