राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध
काठमाडौं । राष्ट्रिय सभा सदस्यमा नेपाली कांग्रेस उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् ।
अन्यतर्फ नेकपा उम्मेदवार नै आइनपुगेपछि कांग्रेस उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध राष्ट्रियसभा सदस्य निर्वाचित भएका हुन् । उनले उम्मेदवारी दिएको क्लष्टरबाट अरूको उम्मेदवारी नपरेपछि निर्विरोध भएका निर्वाचन अधिकृत भीष्मराज प्रसाईँले जानकारी दिएका छन् ।
निर्विरोध भएको घोषणा भने पुस २७ गते हुने भएको छ ।
