सुनको मूल्य आज तोलामा २१ सयले बढ्यो
काठमाडौं । नेपाली बजारमा शुक्रबार आज सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा २१ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ६७ हजार ८०० रुपैयाँ कायम भएको छ । बिहीबार ९पुस २४० छापावाल सुन प्रतितोला दुई लाख ६५ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो ।
चाँदीको मूल्य भने तोलामा ५५ रुपैयाँ घटेको छ । चाँदी प्रतितोला चार हजार ७८० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला चार हजार ८३५ रुपैयाँमा कारोबार थियो ।
