राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरले पिसाब सम्बन्धी रोगहरुको निःशुल्क उपचार गर्ने
काठमाडौं । राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरले पिसाब सम्बन्धी रोगहरुको निःशुल्क उपचार गर्ने भएको छ।
केन्द्रले यही पुस २७ देखि २९ गतेसम्म युरोलोजिकल डिसअर्डर अर्थात् पिसाब सम्बन्धी रोगहरुको निःशुल्क उपचार गर्ने भएको हो।
प्रोस्टेटको साइज बढेको, प्रोस्टेटमा संक्रमण, पिसालको नली साँघुरिएको, पिसाबको संक्रमण, पिसाब चुहिने, पिसाबमा अवरोध जस्ता समस्याको निःशुल्क उपचार गर्ने केन्द्रले जनाएको छ। निःशुल्क उपचारका लागि बिहान १० देखि २ बजेसम्म आफ्नो नाम दर्ता गराउन केन्द्रले आग्रह गरेको छ।
