सिन्धुलीमा एसबीआई बैंक लुट्ने चार जना पक्राउ, एक करोड ८० लाख बरामद

 सिन्धुलीमा एसबीआई बैंक लुट्ने चार जना पक्राउ, एक करोड ८० लाख बरामद

काठमाडौँ । सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा रहेको एसबिआई बैंक लुटपाटमा संलग्न चार जनालाई पक्राउ परेका छन । हायुटार शाखामा मंगलबार राति लुटपाट भएको रकममध्ये एक करोड ८० लाख १० हजार ५०० रुपैयाँ स्थानीयको सहयोगमा प्रहरीले विभिन्न स्थानबाट बरामद गरेको छ ।

पैसा लुटेर भग्ने क्रममा स्थानीयको होहल्लापछि लुटेराहरूले केही पैसा भएको बोरा छाडेर भागेका थिए भने खोजतलासका क्रममा घटनास्थलको २-३ किलोमिटरको एरियाभित्र केही रकम फेला पारिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले बताएको छ ।

मंगलबार राति पाँच छ जनाको समूहले उक्त बैंकबाट तीन करोड १० लाख ९५ हजार २८३ रुपैयाँ लुटेका थिए । लुटेराहरूले बैंकको गार्ड रुद्रबहादुर कार्कीलाई नियन्त्रणमा लिई खुकुरी प्रहार गरी घाइते बनाई बैंकका अन्य कर्मचारीहरूलाई समेत नियन्त्रणमा लिई बैंकको रकम लुटपाट गरेको प्रहरीले जनाएको छ । स्थानीयले सोही गाउँपालिकाको वडा नम्बर– १, सुकाचुरीबाट ४ जनालाई नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेका छन् । स्थानीयबाट खबर पाएलगत्तै प्रहरी टोली त्यसतर्फ जाँदै गरेको छ ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *