गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर जाऊँ : विश्वप्रकाश शर्मा

 गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर जाऊँ : विश्वप्रकाश शर्मा

काठमाडौं  । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा सहमतिको बिन्दु खोजिएको छ । विशेष महाधिवेशनमा नयाँ नेतृत्वको चयन गर्नका लागि उम्मेदवारहरूले नाम टिपाएपछि महामन्त्री विश्वप्रकाश शर्माले त्यसलाई मिलाउने अन्तिम प्रयत्न गरिरहेका छन् ।

नेताहरूले दिएको जानकारी अनुसार अहिले आठ बुँदामा सहमतिको बिन्दु तयार गर्न विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवालाई भेट्न लागेका हुन् ।

उनले तयार पारेको सहमतिपत्रमा गगन थापा आगामी निर्वाचनपछि प्रधानमन्त्रीको उम्मेदवार रहने प्रस्ताव पनि अगाडि सारेको विशेष महाधिवेशन पक्षधर वार्तामा संलग्न एक नेताले बताएकाछन ।

‘तत्काल सभापतिले नेतृत्व छोडेर निर्वाचन पछाडि गगन थापालाई प्रधानमन्त्री बनाउने प्रस्ताव विश्वले लिएर देउवा कहाँ जानुभएको छ ।’ काङ्ग्रेसका ती सदस्यले भने, ‘अन्तिम पटक सहमतिको बिन्दु खोजिरहेका छौँ नभए निर्वाचन हुन्छ र नयाँ नेतृत्व चुनिन्छ ।’

यस्ता छन् आठ बुँदाहरू
१. कार्यकारी भूमिकाबाट सभापति शेरबहादुर देउवा बाहिरिनुपर्ने
२. विशेष महाधिवेशनको स्वामित्व लिनुपर्ने
३. प्रधानमन्त्रीको उम्मेदवार तय गरेर जानुपर्ने
४. चुनावी गठबन्धन कुनै पनि दलसँग नगर्ने
५. टिकट वितरणका लागि सर्वस्वीकार्य संसदीय बोर्ड गठन गर्नुपर्ने
६. निर्वाचन केन्द्रित हुनका लागि ५ सदस्यीय उच्चस्तरीय संयन्त्र गठन गर्नुपर्ने
७. उम्मेदवारको टिकटमा देउवाले हस्ताक्षर गर्न नपाउने
८. विशेष महाधिवेशनमा पेस भएका प्रतिवेदनहरूलाई पार्टीको पुँजीको रुपमा ग्रहण गर्नुपर्ने

 

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *