गगन र विश्वसहित ३ जना पार्टीबाट निष्कासन
नेपाली कांग्रेसकाे विशेष महाधिवेशन पक्षधरले काठमाडौँको भृकुटीमण्डपमा आइतबार आयोजना गरेको विशेष महाधिवेशनमा सहभागी कांग्रेस नेताहरू । तस्बिरः गोपाल दाहाल / रासस
काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका केही नेताहरूलाई कारबाही गर्ने निर्णय गरेको छ ।
आज बसेको संस्थापन पक्षको केन्द्रीय कार्यसमिति बैठकले भृकुटीमण्डपमा विशेष महाधिवेशनमा सहभागी भएका उनीहरूलाई कारबाही गर्ने निर्णय गरेको हो ।
विशेष महाधिवेशनले सभापतिमा गगन थापा र दुई महामन्त्रीमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलसहित नयाँ पदाधिकारी चयनको प्रक्रिया अगाडि बढाएको छ । योसँगै नेपाली काँग्रेस औपचारिक रूपमा विभाजनतर्फ अघि बढेको छ ।
