देशभर पश्चिमी वायुको प्रभाव : तराईमा हुस्सु, पहाडमा आंशिक बदली
काठमाडौँ । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।
तराई भू-भागका केही स्थानहरूमा हुस्सुरकुहिरो रहनेछ। कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। देशका तराई भू-भागमा बिहानीपख लाग्ने हुस्सुरकुहिरोको प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने देखिएको छ ।
