लगतार बढ्यो सुनको मूल्य, आज प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ६०० रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७७ हजार ८०० रुपैयाँ पुगेको हो ।
यता, चाँदीको मूल्य पनि भने तोलामा २० रुपैयाँले घटेर प्रतितोला पाँच हजार ६२५ रुपैयाँ पुगेको छ ।
