नेपाल टेलिकमको बिलिङ प्रणालीको टेन्डर ९ महिनापछि क्यान्सिल

 नेपाल टेलिकमको बिलिङ प्रणालीको टेन्डर ९ महिनापछि क्यान्सिल

काठमाडौं । विवादमा परेको नेपाल टेलिकमले बिलिङ्ग प्रणालीको टेन्डर क्यान्सिल भएको छ। टेलिकमले टेन्डर प्रकृया शुरु गरेर करिब अन्तिममा पुगेको समयमा ९ महिनापछि बिलिङ सफ्टवेयर किन्ने प्रकृया रद्द गरेको हो।

उक्त सफ्टवेयर खरिद प्रकृया शुरुवातदेखिनै विवादित रहेको थियो।

सफ्टवेयर खरिद प्रकृयामा एक मात्र योग्य कम्पनीमा चीनको ह्वावे टेक्नोलोजीज लिमिटेड छनोट भएको थियो। यसअघि प्राविधिक मूल्याङ्कन पछि चीनको ह्वावे टेक्नोलोजिज कम्पनी लिमिटेड मात्रै योग्य देखिएको र सो कम्पनीले पेश गरेको मूल्य प्रस्ताव खोलिने बताएसँगै बिलिङको टेन्डर थप विवादमा परेको थियो।

यसअघि १८ मार्च २०२५ मा ठेक्का आह्वान गरिएको थियो। उक्त आह्वानमा चिनियाँ कम्पनी ह्वावे र एचएल क्लाउड नामक दुई कम्पनीको मात्र प्रस्ताव पेस भएको थियो। सोही आवेदनमा कम्पनीले एचएल क्लाउडलाई अयोग्य र ह्वावेलाई योग्य भएको देखाएको थियो।

आइतबार सार्वजनिक गरिएको सूचनामा टेलिकमले “भर्चुअलाइज्ड प्लेटफर्ममा कन्भर्जेन्ट रियल टाइम बिलिङ (सीआरटीबी) र ग्राहक समर्थन ९सीएस० प्रणालीको आपूर्ति, डेलिभरी, स्थापना र कमिसनिङ ” ठेक्का क्यान्सिल भएको जानकारी गराएको छ। कम्पनीले माघ २ गतेको निर्णयअनुसार उक्त टेन्डर क्यान्सिल गरिएको जनाएको छ।

यसअघि नेपाल टेलिकमले गार्टनरको सूचीमा रहेको हुनुपर्ने शर्तसहित आफ्नो सम्पूर्ण सेवाहरुको लागि बिलिङ प्रणाली खरिदको ठेक्का आव्हान गरेको थियो। टेलिकमले कन्भरजेन्स रियल टाइम बिलिङ्ग एण्ड कस्टमर सपोर्ट सिस्टम नाममा निकालेको टेन्डर करिब ५ अर्ब रुपैयाँ बराबरको रहेको छ।

यसअघि नेपाल टेलिकमले एउटा मात्र कम्पनी बिलिङ्गको टेण्डरमा आएको भन्दै टेन्डरनै रद्द गरेको थियो तर अहिले ह्वावेको मात्र प्राविधिक प्रस्ताव योग्य भएको भएपनि टेन्डर अगाडि बढाईएको छ।

यसअघिको टेन्डरमा एक मात्र अमेरिकी कम्पनी सीएसजी इन्टरप्राइजेजको आवेदन परेको थियो। त्यसबेला पनि उक्त टेन्डर रद्द गरिएको थियो।

नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद प्रकरणका सम्बन्धमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले छानबिन समिति गठन गरेको थियो पूर्वसचिव मणिराम गेलालको समितिले तयार पारेको प्रतिवेदनमा ‘भेन्डर लक’ गरेको लगायतका विषयहरु उजागर गरेको थियो।

मंसिर ४ गते सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेललाई हस्तान्तरण गरिएको उक्त प्रतिवेदनले उक्त बिलिङको टेन्डरमा फाइभजीको लागि विलिङ्ग पूर्वाधारनै नरहेको र त्यसलाई राख्नबाट टेन्डर पाउने भेन्डरले उन्मुक्ति पाउनसक्ने बताएको छ।

हाल नेपाल टेलिकमको बिलिङ प्रणालीको जिम्मा एसिया इन्फो नामक संस्थाको जिम्मामा छ। पुरानो प्रविधिमा आधारित भएकाले पटक–पटक सेवा अवरुद्ध हुँदै आएको छ। बिलिङ प्रणालीमा आएको गम्भीर समस्याका कारण टेलिकमको डाटा र भोल्टे सेवा पटक पटक समस्यामा पर्दै आएको थियो।

टेलिकम बिलिङ प्रणालीको मर्मतसम्भारमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २५ जेठमा तत्कालीन प्रबन्ध निर्देशक सङ्गीता पहाडी अर्यालसहितविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *