उम्मेदवारी मनोनयन दर्ताको समय एक साता सार्ने निर्वाचन आयोगको तयारी

 उम्मेदवारी मनोनयन दर्ताको समय एक साता सार्ने निर्वाचन आयोगको तयारी

Photo:Rajan Kafle

काठमाडौँ । निर्वाचन आयोगले उम्मेदवारी मनोनयन दर्ताको समय एक साता सार्ने तयारी गरेको छ । मनोनयन दर्ताको समय सीमा थप गर्न प्रमुख राजनीतिक दलले आग्रह गरेपछि आयोग छलफलमा जुटेको हो।

आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फको मनोनयन दर्ताको समय सीमा थप गर्न माग गरिएको निर्वाचन आयोग स्रोतले जनाएको छ ।

निर्वाचन आयोग स्रोतका अनुसार नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दलले मनोनयन दर्ताको समय माघ ६ गतेबाट माघ १५ देखि मसान्तसम्म सार्न आग्रह गरेका हुन् ।

यद्यपि निर्वाचन आयोगले अहिलेसम्म सार्ने विषयमा निर्णय नगरिसकेको बताइएको छ ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *