आईसीसी महिला टी–२० छनोट : पहिलो खेलमै नेपालको लज्जास्पद हार

 आईसीसी महिला टी–२० छनोट : पहिलो खेलमै नेपालको लज्जास्पद हार

काठमाडौं। नेपालले आईसीसी टी–२० महिला विश्वकप ग्लोबल छनोटमा लज्जास्पद हार भएको छ।

नेपालले आइतबार थाइल्यान्डसँग ८ विकेटको फराकिलो हार बेहोरेको हो। । नेपालले दिएको १२३ रनको लक्ष्य थाइल्यान्डले १६।५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो। जितसँगै थाइल्यान्डले दुई अंक पनि हात पारेको छ।

थाइल्यान्डको जितमा नथ्थकन चान्थमले अविजित रहँदै सर्वाधिक ५७ रन बनाइन्। ३९ बल खेलेकी उनले ७ चौका र १ छक्का प्रहार गरिन्। नान्नापत कोन्चारोएनकाईले ३२ रन बनाउँदा ओपनर आपिसारा सुवान्चोनरथीले २८ र कप्तान नारुमोल चाइवाई ३ रनको योगदान दिइन्।

नेपालकी सीता रानामगरले २ विकेट लिइन्। ४ ओभर बलिङ गरेकी उनले २० रन दिइन्।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १२२ रन बनाएको थियो।

नेपालकी ओपनर बिन्दु रावलले सर्वाधिक ४४ रन बनाइन्। ५६ बल खेलेकी उनले ६ चौका प्रहार गरेकी थिइन्।

अर्की ओपनर सोनु खड्का २६ रनमा आउट हुँदा रुविना क्षेत्री बेलबासेले १७ र उपकप्तान पूजा महतोले १२ रनको योगदान दिइन्। अन्यले भने प्रभाव देखाउन सकेनन्।

थाइल्यान्डकी थिपाचा पुथावोङले सर्वाधिक ४ विकेट लिइन्। ४ ओभर बलिङ गरेकी उनले २७ रन खर्चिइन्। ओनिचा कामचोम्फुले २ विकेट लिँदा चानिदा सुथिरुआङ, सुलेपोर्न लाओमी र सुनीदा चतुरोङ्ग्राट्टानाले समान १ विकेट राखिन्।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *