ईश्वर पोखरेलले पाए एमालेको टिकट, काठमाडौं क्षेत्र नम्बर ५ बाट चुनाव लड्ने
काठमाडौं । नेकपा एमालेका नेता ईश्वर पोखरेल काठमाडौं क्षेत्र नम्बर ५ बाटै चुनाव लड्ने भएका छन्। उनले आज पार्टीको टिकट पाएको एमाले स्रोतले जानकारी दिएको छ।
यसअघि शनिबारको सचिवालय बैठकले धेरै ठाउँको टिकटको टुँगो लगाउँदा काठमाडौं ५ को भने होल्ड गरिएको थियो । उनको टिकट सोमबार टुंगो लागेको हो ।
